विश्व बजारमा तेल सस्तो, नेपालमा तत्कालै नघट्ने संकेत

spot_img

काठमाडौं,२५ चैत । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आए पनि यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले तत्कालै नपाउने देखिएको छ। डोनाल्ड ट्रम्प ले इरान–अमेरिका युद्धविराम घोषणा गरेपछि विश्व बजारमा तेलको भाउ घटेको हो।

युद्धविरामपछि होर्मुज जलमार्ग पुनः खुल्ने संकेतसँगै अमेरिकी कच्चा तेलको मूल्य करिब १५ प्रतिशतले घटेर प्रतिव्यारेल ९६ डलर आसपास पुगेको छ भने ब्रेन्ट क्रुड पनि घटेर ९५ डलर नजिक झरेको छ।

तर नेपाल आयल निगम ले भने नेपालमा मूल्य घटाउन तत्काल सम्भावना नरहेको जनाएको छ। निगमका अनुसार कच्चा तेल र प्रशोधित तेलको मूल्यबीच असामान्य अन्तर भएकाले अन्तर्राष्ट्रिय बजारको गिरावट सिधै लागू हुन सक्दैन।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार अहिले कच्चा तेलको मूल्य घटे पनि प्रशोधित तेल—विशेषगरी डिजेल—को मूल्य निकै उच्च रहेको छ। सामान्य अवस्थामा २०–२५ डलर रहने अन्तर अहिले २०० डलरसम्म पुगेको छ।

सरकारले करमा ५० प्रतिशत छुट दिए पनि निगम अझै ठूलो घाटामा छ। हाल पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँसम्म घाटा रहेको बताइएको छ।

अब भारतबाट आउने नयाँ मूल्य सूचीपछि मात्रै नेपालमा इन्धनको भाउ घट्ने वा नघट्ने टुंगो लाग्नेछ। त्यसैले विश्व बजारमा आएको राहत तत्कालै नेपाली बजारमा देखिने सम्भावना कम रहेको संकेत गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय