ओली र लेखक आज रिहा नहुने, हिरासतमा नै राख्ने निर्णय

spot_img

काठमाडौं,२५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज रिहा नगर्ने निर्णय गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं ले सरकारी वकिलको रायका आधारमा दुवैलाई कम्तीमा आजको रातसम्म हिरासतमा राख्ने निर्णय गरेको जनाएको छ।

यसअघि सर्वोच्च अदालत ले चैत २५ पछि मात्र हिरासत मुक्त गर्न निर्देशन दिँदै अनुसन्धान पूरा नभए कानुनी प्रक्रिया पूरा गरेर रिहा गर्न परमादेश जारी गरेको थियो।

ओली र लेखकलाई भदौ २३–२४ मा भएको घटनाबारे गौरीबहादुर कार्की आयोग को सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णयपछि चैत १४ गते पक्राउ गरिएको थियो।

स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पताल मा राखिएको छ भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी गणमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेकाले तत्काल रिहाइ सम्भव नभएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय