अफगानिस्तानमा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु

spot_img

काठमाडाै,२६ चैत । अफगानिस्तान को पूर्वी नङ्गरहार प्रान्त मा घरको छत खस्दा एकै परिवारका सात जनाको ज्यान गएको छ।

स्थानीय अधिकारीहरूका अनुसार सेरजाद जिल्लामा रहेको माटोको घर मंगलबार राति अचानक भत्किँदा उक्त दुःखद घटना भएको हो। दुर्घटनामा परेका सातै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

प्रान्तीय सूचना तथा संस्कृतिका निर्देशक कुरिसी बद्लोनका अनुसार ग्रामीण क्षेत्रमा माटो र काँचो इँटाबाट बनेका घरहरू बढी हुने भएकाले वर्षा र अन्य प्राकृतिक प्रकोपका बेला यस्ता दुर्घटना हुने जोखिम उच्च रहने गर्दछ।

अफगानिस्तानमा पछिल्लो समय प्राकृतिक विपद्का घटनाहरू बढ्दै गएका छन्। यसअघि पनि भारी वर्षाका कारण घर भत्किँदा अन्य स्थानमा मानवीय क्षति भएको थियो।

सरकारी तथ्यांकअनुसार पछिल्ला १२ दिनमै देशभर आएको वर्षा, पहिरो, आँधीबेहरी र चट्याङका कारण एक सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने सयौँ घाइते भएका छन्। विपद्ले जनजीवन मात्र होइन, कृषि र पशुपालनमा समेत ठूलो क्षति पुर्‍याएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय