काठमाडौँ,२६ चैत । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले आजदेखि कुल ७ लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो।
निष्काशन गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रयोग गरी गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेड ले लिएको छ।

