केपी शर्मा ओली १३ दिनपछि जमानीमा रिहा

spot_img

काठमाडौँ,२६ चैत ।  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले १३ दिनको हिरासतपछि जमानीमा रिहा गरेको छ। उनलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन्। अनुसन्धानका क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनलाई जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन्।

भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसपछि उनलाई चैत १४ गते पक्राउ गरिएको थियो।

प्रहरीले हिरासत मुक्त गरे पनि अस्पतालबाट डिस्चार्ज हुने विषय चिकित्सकको निर्णय अनुसार हुने जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय