काठमाडौँ,२६ चैत । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको १३ औँ दिनमा जमानीमा रिहा भएका छन्। उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर प्रहरीले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
रमेश लेखक लाई अनुसन्धानका क्रममा आवश्यक परेको बेला उपस्थित हुने शर्तमा हिरासत मुक्त गरिएको एसपी पवन भट्टराईले जानकारी दिए।
उनी चैत १४ देखि नेपाल प्रहरी अन्तर्गतको नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएका थिए। मन्त्रिपरिषद्ले भदौ २३ र २४ का घटनाबारे छानबिन आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि उनलाई पक्राउ गरिएको थियो।
रिहाइपछि उनी पत्नी यशोदा लेखकको जिम्मा रहने गरी बाहिरिएका छन्।

