उपसभामुखमा विपक्षी दलको उम्मेदवारी तयारी

spot_img

काठमाडौँ,२६ चैत । प्रतिनिधिसभाको उपसभामुख पदका लागि विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरू यस विषयमा आन्तरिक छलफलमा जुटेका छन्।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी का अनुसार संविधानको मर्मअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुनु नहुने भएकाले उपसभामुख पद विपक्षीलाई दिनुपर्ने धारणा राखिएको छ। उनले सभामुख चयनमा विपक्षीले सहमति जनाएको स्मरण गराउँदै अब सत्तापक्षले पनि सोही अभ्यासलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे।

यद्यपि, कुन दलबाट उम्मेदवारी दिने भन्ने विषयमा औपचारिक निर्णय भने अझै भइसकेको छैन। विपक्षी दलहरू यसबारे अन्तिम निष्कर्षमा पुग्ने तयारीमा छन्।

संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। सभामुख डोलप्रसाद अर्याल ले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने जानकारी दिएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी को बहुमत रहेकाले उसले दिने समर्थन निर्णायक हुने देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय