माइतीघरमा चुरे संरक्षण अभियानको प्रदर्शन

spot_img

काठमाडौँ,२६ चैत । चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल ले राजधानीको माइतीघर मण्डला मा विभिन्न वातावरणीय र सामाजिक माग राख्दै प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले वन–जंगल संरक्षण तथा संवर्द्धन, दलित भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार सुनिश्चित गर्न, अवैध उत्खनन रोक्न तथा सिर्सिया नदीको प्रदूषण र अतिक्रमण नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। साथै ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन बन्द गरी अवैध क्रसर उद्योगहरू तुरुन्त बन्द गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

प्रदर्शनका क्रममा सहभागीहरूले “सिंहदरबारको ढोका कसका लागि खुल्छ?” र “राष्ट्रको समस्या किन देख्दैन सरकार?” जस्ता नारासहित प्लेकार्ड बोकेका थिए। उनीहरूले सरकारको ध्यान वातावरणीय संकटतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय