रिहाइपछि ओलीको प्रतिक्रिया— ‘आधार नपुग्दा मुद्दा चलेन’

spot_img

काठमाडौं,२६ चैत । हिरासतबाट रिहा भएका केपी शर्मा ओली ले आफूविरुद्ध मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि रिहा गरिएको बताएका छन्।

ओलीले सरकारको कदमलाई पूर्वाग्रहपूर्ण र प्रतिशोध प्रेरित भएको आरोप लगाउँदै आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरे। उनले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्।

हिरासत अवधिमा सहयोग गर्ने प्रहरी प्रशासन तथा त्रिवि शिक्षण अस्पताल का स्वास्थ्यकर्मीप्रति पनि उनले धन्यवाद दिएका छन्।

साथै, आफ्नो रिहाइको माग गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने उनले बताएका छन्। राज्यले बेवास्ता गरेमा आफ्नो पार्टीले उपचार खर्च व्यहोर्ने पनि उनले उल्लेख गरेका छन्।

स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सुधार नभएकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने योजना रहेको ओलीले जानकारी दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय