लाइसेन्स छपाइमा तीव्रता, दैनिक ४० हजारसम्म छापिँदै

spot_img

काठमाडौं,२६ चैत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्र बनाइएको छ। सुरक्षण मुद्रण केन्द्र का अनुसार हाल दैनिक करिब ४० हजारको हाराहारीमा लाइसेन्स छापिँदै आएको छ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना ले लाइसेन्स छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म बाँकी रहेका करिब २९ लाख लाइसेन्स २०८३ असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ।

यसअन्तर्गत आगामी वैशाख १२ भित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य रहेको छ भने बाँकी १७ लाख लाइसेन्स पनि तीव्र गतिमा छपाइ प्रक्रियामा रहेका छन्।

यसबीच विक्रम तिमिल्सिना ले छपाइ कार्यमा कुनै अवरोध नआउने सुनिश्चित गर्न निर्देशन दिएका छन्।

सेवाग्राहीलाई सहज बनाउन यातायात व्यवस्था विभाग ले दैनिक छपाइ तथा वितरणको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ।

छपाइ सम्पन्न भएका लाइसेन्स हुलाक सेवामार्फत देशभरका यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। यसले वितरण प्रक्रियालाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित अघि बढाएको योजना अन्तर्गत लाइसेन्स वितरणमा देखिएको समस्या निकट भविष्यमा समाधान हुने विश्वास गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय