काठमाडौं,२६ चैत । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टी की २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्।
उनको उम्मेदवारीलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने निर्णय गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले सो जानकारी दिएका हुन्।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उपसभामुख पदमा सरस्वती लामा लाई उम्मेदवार बनाएको छ। लामाको प्रस्तावकमा ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन्।
उपसभामुख पदका लागि प्रमुख दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। रास्वपाको समर्थन पाएसँगै रुबीकुमारी ठाकुरको जितको सम्भावना बलियो बनेको विश्लेषण गरिएको छ।

