गोरखा,१० चैत । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । ‘करेन्ट लागेर गम्भीर घाइते हुनुभएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्,’ उनले भने ।
घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोरखा,१० चैत । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा...
काठमाडाैं,०५ पुस । सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दुधौली नगरपालिका-४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारीको करेन्ट लागेर ज्यान गएको...