काठमाडाैं,१५ माघ । नबिल बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा खुद नाफा ४ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा नाफा करिब डेढ अर्बले बढेको हो।
बैंकले खुद वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँ र कुल सञ्चालन आय १० अर्ब ६३ करोड रुपैयाँ हासिल गरेको छ। यस अवधिमा खुद ब्याज आम्दानी र शुल्क–कमिसन आम्दानी दुवै वृद्धि भएको छ।
त्यस्तै, बैंकले निष्क्रिय कर्जा ४.२५% मा झारेको छ। अघिल्लो वर्ष सो प्रतिशत ४.९३% थियो। खुद निष्क्रिय कर्जा पनि ०.८८% मा सीमित भएको छ, गत वर्ष १.७०%...