इन्धनको मूल्य घटाउन नसकिने सरकारको भनाइ

spot_img

काठमाडौं,२२ वैशाख  । सरकारले हालको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य घटाउन सम्भव नरहेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्राष्ट्रिय बजार र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आउने मूल्यअनुसार नेपालमा इन्धन बिक्री गर्नुपर्ने बाध्यता रहेको बताएको हो।

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्धन महँगोमा खरिद गरेर तुलनात्मक रूपमा सस्तोमा बिक्री गर्नुपरेकाले सरकारमाथि आर्थिक दबाब बढेको बताए। उनका अनुसार खाना पकाउने ग्यास, पेट्रोल तथा डिजेलमा अझै पनि सरकारले पूर्ण रूपमा लागतअनुसार मूल्य निर्धारण गर्न सकेको छैन।

सचिव राउतले स्वचालित मूल्य प्रणाली लागू गरिए हालको भन्दा अझ बढी मूल्य बढ्ने दाबी गर्दै उपभोक्तालाई थप भार नपरोस् भनेर सरकारले मूल्य नियन्त्रणको प्रयास गरिरहेको बताए। उनले पछिल्लो समय मूल्य समायोजन भइरहे पनि पूर्ण स्वतन्त्र मूल्य प्रणालीमा नजाँदा उपभोक्तालाई केही राहत मिलिरहेको उल्लेख गरे।

सरकारले नेपाल आयल निगम मुनाफामा नरहेकाले कर्मचारीलाई बोनस वितरणसमेत नगरेको स्पष्ट पारेको छ। इन्धनको मूल्यवृद्धिका कारण बजारमा महँगी बढिरहेको भन्दै उपभोक्ताबाट दबाब बढिरहेका बेला सरकारले तत्काल मूल्य घटाउने सम्भावना नरहेको संकेत दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय