बलिउडका भाइजान अर्थात् सलमान खानको पछिल्लो समय ठीकठाक छैन । उनका फिल्महरु पछिल्लो समय असफल हुने क्रम बढेको छ । जसले गर्दा उनका फ्यानसमेत निरास बन्न थालेका छन् ।
यतिबेला सलमानले आफ्ना दुई प्रिय निर्देशकसँग ह्याट्रिक गर्ने मौका नपाएको विषयले बलिउडमा चर्चा पाएको छ । निर्देशक कवीर खान र अलि अब्बास जफर दुवै सलमानका प्रिय निर्देशक हुन् । उनले दुवैसँग सुरुवातका दुई फिल्म खेले । दुवै सफल पनि भए । तर, उनले ह्याट्रिक गर्ने मौका भने अझै जुरेको छैन ।
सलमान – कवीर
सलमान खानको सुरुवात कवीर खानसँग निकै राम्रै भयो ।...