काठमाडौँ, २५ चैत्र । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् । उनीहरू आज रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् ।
राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजेपनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलहम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।
सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ...
काठमाडौँ, २५ चैत्र । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् । उनीहरू आज रत्नपार्कमा भेला...
काठमाडौं, २१ चैत्र । सहकारी ठगीमा संलग्नहरूको सम्पत्ति जफतको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। बिहीबार पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म र्याली...