spot_img

नेटवर्किङ ठगीमा फसेका ९ सय नेपालीको उद्धार गर्न हर्क साम्पाङको माग

spot_img
spot_img

काठमाडौं,०५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले भारतको पटनामा करिब ९ सय नेपाली बन्धक बनाइएको सूचना आएको भन्दै उनीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेटवर्किङ व्यवसायको प्रलोभनमा परेर नेपालीहरू भारत पुगेपछि बन्धक बनाइएको र उनीहरूको मोबाइल फोन जफत गरी कुटपिट तथा नियन्त्रणमा राखिएको दाबी गरे।

उनले पीडितहरूको तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउँदै संलग्न व्यक्तिमाथि कडा कारबाही गर्नुपर्ने बताए। सोही घटनासँग जोडेर इटहरीका ईश्वर ढकालमाथि पनि अनुसन्धान र कारबाही अघि बढाउनुपर्ने उनले माग गरेका छन्।

सांसद साम्पाङले सरकार र संसदले जनताको आवाज नसुन्ने हो भने जिम्मेवार बन्न नसकिने भन्दै आपत्ति जनाए। उनले विदेशमा श्रम गर्न बाध्य नेपालीहरू असुरक्षित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले स्पष्ट र ठोस कदम चाल्नुपर्ने बताए।

उनले उत्पादनमुखी क्षेत्रमा लगानी बढाएर देशभित्रै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव पनि दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय