वीरगन्ज,१९ चैत । सशस्त्र प्रहरी बल पर्साले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका कपडा र मकै नियन्त्रणमा लिएको छ। मधेश प्रदेशको पर्सा जिल्लामा विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा रु १० लाख ५३ हजार ९ सय बराबरको सामान बरामद गरिएको हो।
प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको पाँचजनाको मोबाइल गस्ती टोलीले वीरगन्ज–पोखरिया सडकखण्डस्थित अलौमा मधेश प्रदेश–०३–००१ ह ३०९४ नम्बरको मयुरी रिक्सा प्रयोग गरी भारतबाट भन्सार छलि ल्याउँदै गरेको रु ३ लाख ८७ हजार बराबरको कपडा बरामद गरेको थियो।
त्यसैगरी, सोही दिन पर्सा जिल्लाको...