spot_img

बीरगन्ज नाकाबाट आयात हुने सबै फलफूलमा अनिवार्य खाद्य परीक्षण लागू

spot_img
spot_img

बीरगन्ज,३१ जेठ ।  बीरगन्ज नाकाबाट नेपाल भित्रिने सबै फलफूलजन्य वस्तुहरू अब अनिवार्य रूपमा खाद्य परीक्षणपछि मात्र बजारमा पठाइने भएको छ।

बीरगन्ज खाद्य क्वारेन्टाइन कार्यालय, उपभोक्ता हित संरक्षणका संस्थाहरू तथा सम्बन्धित सरकारी निकायहरूको पहल र दबाबपछि यो व्यवस्था लागू गरिएको हो। नयाँ नियमअनुसार अब आयात हुने फलफूल र ताजा कृषि उपजले गुणस्तर परीक्षण र मापदण्ड पूरा गरेपछि मात्र नेपाल प्रवेश पाउनेछन्।

यसअघि आयातीत फलफूलमा विषादीको मात्रा, गुणस्तर र उपभोगयोग्य अवस्थाबारे पटक–पटक प्रश्न उठ्दै आएको थियो। उपभोक्ता स्वास्थ्यलाई जोखिमबाट जोगाउन परीक्षण प्रणाली कडा बनाउनुपर्ने माग लामो समयदेखि उठिरहेको थियो।

सरकारी अधिकारीहरूका अनुसार अब सबै फलफूलजन्य वस्तु खाद्य परीक्षणको दायरामा ल्याइनेछ र तोकिएको मापदण्ड पूरा गरेका सामग्रीलाई मात्र भन्सारबाट पास गरिनेछ। यस कदमले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उपभोक्ता हित संरक्षण मञ्च ले यस निर्णयलाई खाद्य सुरक्षा र उपभोक्ता अधिकार संरक्षणतर्फको महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेको छ। मञ्चका प्रतिनिधिहरूका अनुसार परीक्षण प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र नियमित बनाउनुपर्ने आवश्यकता छ।

सरकार, भन्सार प्रशासन, खाद्य क्वारेन्टाइन कार्यालय तथा उपभोक्ता अधिकारकर्मीहरूको समन्वयमा लागू भएको यो व्यवस्था दीर्घकालीन रूपमा खाद्य सुरक्षा सुदृढ गर्ने र उपभोक्ताको विश्वास बढाउने कदमका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय