रौतहट,१३ माघ । रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामा सोमबार आफ्नो कार्यालय परिसरमै कुटपिट र दुर्व्यवहारको शिकार भएकी छन्। वडा नं. १ का स्थानीय महिलाहरूको समूहले उनलाई कुटपिट गरेको जनाइएको छ।
नगर उपप्रमुख लामाले घटनामा कुनै स्पष्ट कारण नरहेको भन्दै आफूलाई सुनियोजित ढङ्गले आक्रमण गरिएको दाबी गरेकी छन्। उनले नगर प्रमुख सन्तलाल प्रसाद चौधरीको इशारामा यो घटना भएको आरोप पनि लगाएकी छन्।
घटना नगरपालिकाको वडा नं. १ र ९ सिमानामा पर्ने लमाहा खोलामा भएको थियो। उपप्रमुख लामाले प्रदेश २–०३–००१ झ ००२१ नम्बरको गाडी चढेको बेला स्थानीयहरूले गाडी रोकी तोडफोड समेत...