Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

रौतहटमा नगर उपप्रमुखलाई कार्यालयमै कुटपिट र दुर्व्यवहारको आरोप

spot_img

रौतहट,१३ माघ । रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामा सोमबार आफ्नो कार्यालय परिसरमै कुटपिट र दुर्व्यवहारको शिकार भएकी छन्। वडा नं. १ का स्थानीय महिलाहरूको समूहले उनलाई कुटपिट गरेको जनाइएको छ।

नगर उपप्रमुख लामाले घटनामा कुनै स्पष्ट कारण नरहेको भन्दै आफूलाई सुनियोजित ढङ्गले आक्रमण गरिएको दाबी गरेकी छन्। उनले नगर प्रमुख सन्तलाल प्रसाद चौधरीको इशारामा यो घटना भएको आरोप पनि लगाएकी छन्।
घटना नगरपालिकाको वडा नं. १ र ९ सिमानामा पर्ने लमाहा खोलामा भएको थियो। उपप्रमुख लामाले प्रदेश २–०३–००१ झ ००२१ नम्बरको गाडी चढेको बेला स्थानीयहरूले गाडी रोकी तोडफोड समेत गरेका थिए।

गुजरा नगरपालिकाका कार्यपालिका सदस्य विजय साह बानियाँले घटनालाई निन्दनीय ठहराउँदै दोषीलाई कारबाही नगरे भविष्यमा यस्ता घटना नगरप्रमुख वा अन्य जनप्रतिनिधिसँग पनि दोहोरिन सक्ने चेतावनी दिनुभएको छ।

बानियाँका अनुसार, वडा नं. १ मा किसानलाई मलखाद्य वितरण गर्दै आएको बहुउद्देशीय सहकारी संस्थासँग सम्बन्धित विवाद नै कुटपिटको मुख्य कारण हो। नगर प्रमुख चौधरीका छोरा र भाई भारदारले आफ्नो लागि नयाँ डिलर दर्ता हुनुपर्ने र पुराना डिलरबाट मल नलिनुपर्ने अडान लिएर बारम्बार उपप्रमुखसँग विवाद गर्ने गरेको आरोप छ।

नगर प्रमुख चौधरीले भने घटनामा आफू संलग्न नरहेको दाबी गर्दै, किसानले मलखाद्य समयमा नपाएको कारण आक्रोशित भएर उपप्रमुखलाई दुर्व्यवहार गरेको बताए। यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय