काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा २२४ र १ हजार १९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २१२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
बाँकेमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा नेपालगन्ज उपमहानगरपालिक—१ की ३५ वर्षीया महिलाको मृत्यु...
काठमाडौं। राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई...
काठमाडौं । निःशुल्क कोरोना परीक्षणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ताहरू लोकेन्द्र ओली र केशरजङ्ग केसीले स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाएर दायर...