धनुषामा कोरोनाले फेरी एक मृत्यु

spot_img

जनकपुरधाम, २२ असोज  : धनुषामा फेरी एक कोरोना संक्रमितको ज्यान गएको छ । शहिदनगर नगरपालिका १ का ७० वर्षीय पुरुषको ज्यान गएको हो ।

असोज २० गते जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना भएका उनको असोज २१ गते साँझ ज्यान गएको बताइएको छ । ति पुरुषमा असोज २१ गते नै कोरोना पुष्टि भएको थियो ।

पहिलेदेखि मुटु तथा श्वासप्रश्वासको समस्याबाट ति पुरुष पीडित थिए । उनको शव आज सेनाल ब्यवस्थापन गरिनेछ ।

शहिदनगर नगरपालिकामा यसअघि अन्दाजी ४० वर्षीय एक पुरुष र एक ६ वर्षीय बच्चाको ज्यान गइसकेको छ । हालसम्म धनुषामा कोरोनाले १८ जनाको ज्यान गएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय