काठमाडौं, २० चैत्र । राजावादी आन्दोलनका क्रममा गत चैत १५ गते जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी भएको छ। आगलागीका कारण कम्पनीलाई करिब २८ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (GMP) अनुसार सञ्चालन भइरहेका दुईवटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। साथै, औषधि उत्पादनका लागि प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजात, प्याकेजिङ सामग्री जलेर नष्ट भएका छन्।
यादवले आगजनीपछि कम्पनीको उत्पादन पूर्ण रूपमा ठप्प भएको बताउँदै अस्थायी संरचना तयार गरेर भए पनि पुनः सञ्चालन गर्ने योजना...