मोफसलबाट सुरु गरिएको कम्पनीले छोटो समयमा अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ मार्न सफल भएको छ । आफै उद्यमशीलता गर्ने हुटहुटी भएका दिपक साह र उनका साथी सचिन साहले वीरगञ्जबाट सुरु गरेको सफ्टवेयर निर्माण कम्पनी अहिले अन्तर्राष्ट्रिय बजारतर्फको यात्रामा अग्रसर भएको छ ।
सन् २०१० मा साथीको घरमा कोठा भाडा लिएर डायनामिक टेक्नोसफ्ट प्राली सफ्टवेयर कम्पनीको सुरुवात भएको थियो । जागिर भन्दा आफ्नै केही गर्नु पर्छ भन्ने हुटहुटीले उनीहरूले जसोतसो गरी ग वर्गका वित्तीय संस्थाबाट चर्को व्याजमा ऋण लिई व्यवसाय थालनी गरेका थिए । बिचमा उनीहरूकै साथी अर्जन साह पनि जोडिए । अहिले...