वर्षाले जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा बन्द

spot_img

काठमाडाै,२१ वैशाख । काभ्रेपलाञ्चोकमा लगातारको भारी वर्षासँगै जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, सोमबार दिउँसो परेको अविरल वर्षाले पहिरो खस्ने, ढुंगा खस्ने तथा सडक कटानको सम्भावना उच्च भएपछि यात्रु र सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै तत्कालका लागि सडक बन्द गरिएको हो।

प्रहरीले दिउँसो सवा ४ बजे सूचना जारी गर्दै वर्षा नरोकिएसम्म तथा सडक अवस्था सामान्य नभएसम्म आवागमन रोक्ने निर्णय गरिएको जनाएको छ। मौसम सुधारिएपछि र सडक सुरक्षित भएपछिमात्र अर्को सूचना जारी गरी यातायात खुलाइने बताइएको छ।

यसअघि कुशादेवी क्षेत्रमा वर्षासँगै रोशी खोलाको जलस्तर बढेपछि पनि सोही सडक खण्डमा बिहानैदेखि आवागमन रोकिएको थियो। पछि मर्मतपछि केही समयका लागि खुलाइएको भए पनि जोखिम दोहोरिएपछि पुनः बन्द गरिएको हो।

कटुञ्जे–मङ्गलटार खण्डअन्तर्गत घुमाउने आसपास क्षेत्रलाई विशेष जोखिमयुक्त मानिएको छ, जहाँ अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। गत वर्ष असोज र यस वर्ष चैत महिनामा पनि बाढीले सडक क्षति पुर्‍याएको थियो।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय