मुस्ताङ, २२ चैत्र । हिन्दू तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा ६ महिनासम्म विशाल महायज्ञ सञ्चालन हुने भएको छ। मुक्तिनाथ मन्दिरका पीठाधीश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमीदेखि बडादसैंसम्म महायज्ञ आयोजना गरिने भएको हो।
महायज्ञको मुख्य उद्देश्य मुक्तिनाथधामको प्रचारप्रसार, धार्मिक पर्यटन प्रवर्द्धन, शालिग्राम शिलाको संरक्षण तथा विश्वशान्तिको कामना गर्नु रहेको छ। यसैक्रममा, स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी (नवलपरासी) बाट सुरु भएको श्रीगजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रा जोमसोम पुगेर मुक्तिनाथधाममा समापन हुने भएको छ।
रथयात्रामा दर्जनौं स्वामी, पूजारी तथा २०० भन्दा बढी भक्तजन सहभागी छन्। यात्रा टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी...
मुस्ताङ, २२ चैत्र । हिन्दू तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा ६ महिनासम्म विशाल महायज्ञ सञ्चालन हुने भएको छ। मुक्तिनाथ मन्दिरका पीठाधीश्वर जगतगुरु स्वामी...