सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने रवि लामिछानेको भनाइ

spot_img

काठमाडौँ,१६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया छिट्टै अघि बढ्ने बताएका छन्।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले छानबिन कसरी अघि बढ्ने भन्ने विषयबारे चाँडै औपचारिक जानकारी सार्वजनिक गरिने बताए।

“छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ। कस्तो प्रकारको छानबिन हुन्छ भन्ने पनि छिट्टै जानकारी गराउँछौं,” लामिछानेले भने।

उनका अनुसार गुरुङले आफूमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन्। सोही आधारमा प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले उल्लेख गरे।

विवादित व्यवसायीसँगको साझेदारीको विषय सार्वजनिक भएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनको भूमिकाबारे थप छानबिनको चर्चा चलिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय