वीरगन्ज,०२ पुस । पर्सा, बारा, रौतहट लगायत मधेस प्रदेशका पाँच जिल्ला र अन्य प्रदेशका कृषकहरू हरेक वर्ष धान र गहुँ खेतीको समयमा रासायनिक मलको अभावका कारण ठूलो समस्यामा पर्ने गरेका छन् । मागको अनुपातमा आपूर्ति न्यून भएकोले देशभरि नै मलको हाहाकार हुने गरेको छ ।
कृषि सामग्री कम्पनी, वीरगन्जका प्रमुख दुर्गा पाण्डेका अनुसार, नेपालमा बर्सेनि सबै प्रकारका मलको आपूर्ति लगभग चार लाख टन मात्र हुन्छ भने माग आठ लाख ५० हजार मेट्रिक टन रहेको छ । यसरी हेर्दा नेपाल सरकारले मलको मागको मात्र ५० प्रतिशत हाराहारी मात्र आपूर्ति गर्दै आएको...
२९ साउन, बीरगन्ज । पर्सामा कृषि सामग्रीको गोदामको ६ ट्रक मल किसानको कब्जामा लिएका थिए ।
किसानले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित...