पर्सामा कृषि सामग्रीको गोदामको ६ ट्रक मल किसानको कब्जामा, मलकाे विषयमा माहानगरमा हुँदै छ छलफल

spot_img

२९ साउन, बीरगन्ज । पर्सामा कृषि सामग्रीको गोदामको ६ ट्रक मल किसानको कब्जामा लिएका थिए ।

किसानले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित गोदामबाट मल नियन्त्रणमा लिएका थिए । पर्सामा किसानले धान गोड्ने बेला हुँदा सम्मन पनि मल नपाए पछि किसान आक्रोशित भएर यस्ताे कदम चाल्नु परेकाे किसानहरूकाे भनाइ रहेकाे छ ।

यता कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भुटनदेवीमा रहेको गोदामबाट बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् । पर्सामा कृषि सामग्री कम्पनी लिमिटेडको श्रीपुरमा रहेको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ ।

हल किसानलाइ मेयर राजेशमान सिंहले सम्झाई बुझाइ शांत पारेका छन् र मलकाे विषयलाइ लिएर माहानगरमा छलफल भइरहेकाे बीरगन्ज महानागर मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले नेपाल पाेष्ट डेलीलाइ बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय