बीरगन्ज– निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टील प्रा.लिमा बिहीबार दिउँसो विस्फोट भएकाे छ । विस्फोट हुँदा उद्योगमा कार्यरत ११ जना घाइते भएकाे पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
दिउँसो सवा १२ बजे बीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधिन अवस्थामा रहेको सर्वोत्तम स्टीलमा विस्फोट भएको हो।
उद्योगमा रहेको कचरा फलाम गलाउने सिसिएममा विस्फोट भएको हो । उनले नेपाल पाेष्ट डेलीलाइ भने, ‘सर्वोत्तममा विस्फोट भएको भन्ने खबर आएको छ। हामीले भर्खरै थाहा पाएका हौँ,’ उनले भने, ‘घटना स्थलमा प्रहरी टोली पठाएका छौँ।’
थप जानकारी अाउन बाँकी रहेकाे उनले बताए
बीरगन्ज– निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टील प्रा.लिमा बिहीबार दिउँसो विस्फोट भएकाे छ । विस्फोट हुँदा उद्योगमा कार्यरत ११ जना घाइते भएकाे पर्साका प्रहरी प्रवक्ता...