रौतहट,०८ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सबगढा गाउँमा बिहीबार राति दुई समुदायबीच झडप भएको छ। घटना पछि गाउँको वातावरण तनावग्रस्त बनेको छ र स्थानीय प्रशासनले सुरक्षा बल परिचालन गरेको छ।
स्थानीय स्रोतका अनुसार झडपको सुरुवात हिन्दू समुदायको विवाहको जन्ती बाजा बजाउँदै मस्जिद नजिक पुगेपछि भएको थियो। सोही समयमा मुस्लिम समुदायको मस्जिदमा रातिको नवाज भइरहेको थियो। यस विषयमा भनाभन सुरु भएपछि केही मुस्लिम समुदायका मानिसहरूले डिजे ग्रुपका बाजा बजाउने केही सदस्यमाथि कुटपिट गरेका थिए।
आज बिहानदेखि दुई पक्षबीच ढुङ्गा हानाहानको घटना दोहोरिएको छ। घटनास्थलमा स्थिति नियन्त्रणमा राख्न नेपाली सेना, नेपाल प्रहरी...