spot_img

२५ लाख बराबरको यौनवर्धक औषधि बरामद

spot_img
spot_img

बीरगन्ज,३० जेठ ।  सशस्त्र प्रहरी बल नेपालले भारतबाट तस्करी गरी ल्याइँदै गरेको ठूलो परिमाणको यौनवर्धक औषधि बरामद गरेको छ।

सशस्त्र प्रहरी बलले भारतबाट ल्याउँदै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर १ शिवनगरबाट ३३० थान युरिफिल इफेक्ट नामक औषधि बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) यज्ञमान साउदको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको अवस्थामा ३३० थान “युरिफिल इफेक्ट” नामक यौनवर्धक औषधि नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बरामद औषधिको बजार मूल्य करिब २४ लाख ७५ हजार रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको पनि जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय