हिन्दू–मुस्लिम विवादमा गौर तनावग्रस्त, सुरक्षा बल परिचालन

spot_img

रौतहट,०८ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सबगढा गाउँमा बिहीबार राति दुई समुदायबीच झडप भएको छ। घटना पछि गाउँको वातावरण तनावग्रस्त बनेको छ र स्थानीय प्रशासनले सुरक्षा बल परिचालन गरेको छ।

स्थानीय स्रोतका अनुसार झडपको सुरुवात हिन्दू समुदायको विवाहको जन्ती बाजा बजाउँदै मस्जिद नजिक पुगेपछि भएको थियो। सोही समयमा मुस्लिम समुदायको मस्जिदमा रातिको नवाज भइरहेको थियो। यस विषयमा भनाभन सुरु भएपछि केही मुस्लिम समुदायका मानिसहरूले डिजे ग्रुपका बाजा बजाउने केही सदस्यमाथि कुटपिट गरेका थिए।

आज बिहानदेखि दुई पक्षबीच ढुङ्गा हानाहानको घटना दोहोरिएको छ। घटनास्थलमा स्थिति नियन्त्रणमा राख्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। रौतहटका सिडिओ दिनेश सागर भुसाल ले घटनाको पुष्टि गर्दै, नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी समेत घटनास्थल पुगेको बताए।

सिडिओ भुसालका अनुसार, अत्यन्तै दुःखद परिस्थितिमा दुईपक्षीय वार्ता मार्फत शान्ति स्थापना गर्न पहल भइरहेको छ। स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम राख्न अपिल गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय