काठमाडौं,०१ साउन । इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटमा भएको भयावह आगलागीमा परी कम्तीमा ६० जनाको ज्यान गएको छ भने ११ जना अझै हराइरहेका छन्।
शहरका एक स्वास्थ्य अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार, ५९ शवको पहिचान भइसकेको छ भने एउटा शव अत्यधिक जलेकाले पहिचान गर्न गाह्रो भइरहेको छ। इराकको सरकारी समाचार संस्था आईएनएका अनुसार, भवन र मलका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ। यो सपिङ मल पाँच दिनअघि मात्रै सञ्चालनमा आएको थियो। हाल आगो नियन्त्रणमा आएको बताइएको छ।
आगलागीको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। तर, गभर्नरले घटनाको अनुसन्धान सुरु भइसकेको र...