गोरखा,१५ बैशाख । गोरखा जिल्लामा आइतबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। सहिद लखन गाउँपालिका–१, बक्राङ निवासी ४२ वर्षीय राजु खनालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार साँझ करिब ७:५० बजे घरमै बसिरहेकै समयमा खनाललाई चट्याङ लागेको थियो। गम्भीर घाइते खनाललाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। अहिले मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।
यस्तै, सोही साँझ पालुङटार नगरपालिका–७, च्याङलीमा पनि चट्याङ...
गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी...