spot_img

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

spot_img
spot_img

गोरखा,१५ बैशाख । गोरखा जिल्लामा आइतबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। सहिद लखन गाउँपालिका–१, बक्राङ निवासी ४२ वर्षीय राजु खनालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार साँझ करिब ७:५० बजे घरमै बसिरहेकै समयमा खनाललाई चट्याङ लागेको थियो। गम्भीर घाइते खनाललाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। अहिले मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।

यस्तै, सोही साँझ पालुङटार नगरपालिका–७, च्याङलीमा पनि चट्याङ लाग्दा ५० वर्षीया सुकमाया आले र १८ वर्षीया विपना आले घाइते भएका छन्। घाइते दुवैजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय