काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमै सुरु गर्ने निर्णय गरेको छ। बोर्डको सोमबार बिहान बसेको बैठकले वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो।
हालैसम्म शिक्षक आन्दोलनले परीक्षा प्रभावित हुने आशंका बढेको थियो। तर बोर्डका अध्यक्ष महाश्रम शर्माले सबै पक्षलाई सहयोग गर्न अनुरोध गर्दै परीक्षा अत्यन्त संवेदनशील विषय भएकोले शिक्षकले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले भने, "हामी छलफलमै छौं। परीक्षा निर्धारित मितिमै हुनेछ। शिक्षकहरूले जिम्मेवार व्यवहार गर्नुपर्ने आवश्यकता छ।"
यद्यपि, आन्दोलनरत शिक्षकहरूले भने परीक्षामा संलग्न नहुने अडान दोहोर्याएका छन्। नेपाल...
काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमै सुरु गर्ने निर्णय गरेको छ। बोर्डको सोमबार बिहान...