spot_img

कक्षा १२ को परीक्षा स्थगित नभएको बोर्डको स्पष्टिकरण

spot_img
spot_img

काठमाडौँ, ६ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। परीक्षा स्थगन भएको भनी सामाजिक सञ्जालमा फैलिएको खबरप्रति बोर्डले गम्भीर आपत्ति जनाउँदै त्यस्ता हल्लामा कुनै सत्यता नरहेको जनाएको छ।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा बोर्डले भनिएको छ, “परीक्षा स्थगनको भ्रमपूर्ण प्रचारप्रसारबाट विद्यार्थीहरूलाई अन्योलमा पार्ने काम भइरहेको छ, जुन पूर्णतः गलत हो।” बोर्डले परीक्षासम्बन्धी कुनै पनि सूचना आधिकारिक वेबसाइटमार्फत मात्र प्रकाशित हुने स्पष्ट गरेको छ।

बोर्डले सबै विद्यार्थीलाई निर्धक्क भएर तयारीमा जुट्न आग्रह गर्दै भनेको छ, “परीक्षा तोकिएकै मितिमा हुने भएकाले तयारीमा ढिलासुस्ती नगर्नुहोस्।”

साथै बोर्डले परीक्षा सहज वातावरणमा सम्पन्न गर्न अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीचको समन्वय आवश्यक रहेको उल्लेख गरेको छ।

यता, नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरूले विद्यालय शिक्षा ऐन तुरुन्त पारित गर्न माग गर्दै आन्दोलन जारी राखेका छन्। सरकारले शिक्षकहरूको माग सम्बोधन प्रक्रिया अघि बढाइरहेको जनाउँदै पठनपाठनमा फर्कन आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय