लिबिया, ६ वैशाख । लिबियामा अझैपनि बारुदी सुरुङ र विस्फोटक वस्तुहरूको जोखिम कायमै रहेकाले त्यसको हटाउने कामलाई तीव्र पार्नु र जनतालाई सचेत पार्नु अत्यावश्यक रहेको राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
‘बारुदी सुरुङ सचेतना अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा त्रिपोलीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रसंघ महासचिवका उप-विशेष प्रतिनिधि तथा मानवीय समन्वयकर्ता ऐनियास चुमाले बारुदी सुरुङबाट हुने जोखिमको दीर्घकालीन असरबारे चिन्ता व्यक्त गरे ।
उनले भने, "लिबियाको सुरक्षाका लागि बारुदी सुरुङ हटाउने कार्यलाई प्राथमिकता दिनैपर्छ, साथै जनतालाई यसको बारेमा सशक्त जानकारी दिनुपर्छ ।"
लिबियाली बारुदी सुरुङ केन्द्रका अनुसार देशका धेरै भूभाग अहिले पनि...