सिराहा,१८ फागुन । सिराहामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा एक किशोर गम्भीर घाइते भएका प्रहरीले जनाएको छन्।
सिरहाकाे पूर्व-पश्चिम लोकराजमार्ग अन्तर्गत गोलबजार नगरापलिका ३ जमनटोकी नजिक आइतबार राती राती यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सिरहाकाे धनगढीमाई नगरपालिका ८ कसहाका ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो। दुर्घटनामा परी स्थानीय १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्।
गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स. ५ प. ४७५९ नम्बरको मोटरसाइकल र...