सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु प्रकरणमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

spot_img

काठमाडाैं,३ बैशाख । सिराहाको नवराजपुर गाउँपालिका–३ दोनबारीमा मंगलबार मृत अवस्थामा फेला परेकी आनन्दीदेवी सदायको घटनाले गम्भीर मोड लिएको छ। चार महिनाअघि बलात्कार प्रयासबाट जोगिएकी आनन्दीदेवी आफ्नै माइतिघरको घरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

यो घटनाप्रति गृहमन्त्री रमेश लेखकले गहिरो चासो व्यक्त गर्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापालाई तुरुन्त छानबिन गर्न निर्देशन दिएका छन्।

२५ वर्षीया आनन्दीदेवीमाथि पुस ९ गते बलात्कार प्रयास भएको आरोप दुई युवामाथि छ। उनी आफ्नो दिदीको घर जाँदै गर्दा बाटोमा जबर्जस्ती बगैँचामा लगेर यौन दुर्व्यवहार प्रयास गरिएको बताइएको छ। त्यसपछि उनले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा किटानी जाहेरी दिएकी थिइन्। तर, प्रहरी प्रशासनले जाहेरी दर्ता गर्न ढिलाइ गरेको पाइएको छ।

सिरहाका एसपी अनन्तराम शर्माका अनुसार “जबर्जस्ती करणी उद्योग” अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ। घटनामा संलग्न दुई आरोपी हाल फरार छन् र भारततर्फ भागेको आशंका गरिएको छ।

उता, पीडितको स्वास्थ्य परीक्षण पुस १० मै भए पनि जाहेरी दर्तामा ढिलाइ गरिएको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले स्वीकार गरेका छन्।

आनन्दीदेवीको मृत्युले कानुनी प्रणाली र पीडितको न्यायप्राप्तिको सवालमा गम्भीर प्रश्न उठाएको छ। अब छानबिनबाट सत्यतथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय