काठमाडौं,२७ असार । सरकारसँग ६ बुँदे सहमति भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले विगत एक महिनादेखि जारी आन्दोलनलाई स्थगित गरेको छ। बिहीबारको सहमतिपछि व्यवसायीहरूले आज (शुक्रबार)देखि पसल सञ्चालनमा ल्याएका छन्। तर, कर र भ्याटको मुद्दामा सरकार र व्यवसायीबीचको मतभेद यथावत् रहँदा आगामी दिनमा पुनः तनाव चुलिने सम्भावना देखिएको छ।
सरकारसँग भएको सहमतिअनुसार, सुन तथा हीराजडित गहनामा लगाइएको कर तथा भ्याटबारे अध्ययन गर्न अर्थ मन्त्रालयको सहसचिवको संयोजनमा कार्यदल गठन गरिनेछ। उक्त कार्यदलमा विभिन्न सरकारी निकायका साथै व्यवसायी महासंघका प्रतिनिधि सहभागी हुने छन्।
तर, कार्यदलको म्याद, कार्यक्षेत्र र प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सहमतिपत्रमा स्पष्ट नभएको...
काठमाडौं,२७ असार । सरकारसँग ६ बुँदे सहमति भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले विगत एक महिनादेखि जारी आन्दोलनलाई स्थगित गरेको छ। बिहीबारको सहमतिपछि व्यवसायीहरूले आज...