वीरगन्ज, ४ जेठ — जिल्ला प्रहरी कार्यालय पर्साले गैरकानुनी तवरले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चामल र केराउ बरामद गरेको छ ।
बीरगंज महानगरपालिका वडा न. १ सिर्सिया बाट ९ बोरा शक्ति जिरा चामल र २ बोरा केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
बरामद सामाग्री आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय बुझाईको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक मानबहादुर राइले जानकारी दिनुभयो ।