Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025
Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025

सिके राउतको पक्षमा सर्वोच्चको...

काठमाडौं,२७ कातिक । सर्वोच्च अदालतले जनमत पार्टी विभाजन गरेर गठन गरिएको जनस्वराज पार्टीलाई...

पूर्ण क्षमतामा पुनः सञ्चालनमा...

बीरगन्ज,२७ कातिक । लामो अवरोधपछि जगदम्बा स्टिल उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको...

ठूलो परिमाणको ट्रामाडोलसहित ५...

मकवानपुर,२७ कातिक । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ...

पर्सामा गाँजासहित तीन भारतीय...

बीरगन्ज,२७ कातिक ।  प्रहरीले लागुऔषध गाँजाको तस्करीमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

नवलपुरमा हावाहुरीको बितण्डा, ३ सय बढी घरमा क्षति

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नवलपरासी, ८ जेठ – पूर्वीनवलपरासीमा गएराति असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्याएको छ । यद्यपि, मानवीय क्षति भने भएको छैन ।हुरीको बढी असर देवचुली नगरपालिकामा परेको छ ।

देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीले हावाहुरीबाट मानवीय क्षति नभए पनि घरहरुमा क्षति पुगेको जानकारी दिइन् । उनका अनुसार नगरपालिकाका कतिपय घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएकाे छ ।हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ ।

यसले विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाइदिएको छ ।हुरीको असर देवचुली नगरपालिकाकाे ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ ।

- Advertisement -

तर, यीमध्ये सबैभन्दा बढी असर वडा नं. ७ मा देखिएकाे छ ।हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ ।हुरीले यस वर्ष तराईका जिल्लामा असर पुर्याएको छ । यसअघि बारामा आएको हुरीले ठूलो जनधनको क्षति भएको थियो ।

ताजा समाचार

थप समाचार