मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

भारतमा फेरि किन भयो मोदीकै वर्चस्व ? नेपालको राजनीतिमा कस्तो असर पर्छ ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारतीय लोकसभा निर्वाचनको मतपरिणाम आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले भारतीय जनता पार्टीको फराकिलो जित र कांग्रेसको अनपेक्षित हारलाई विभिन्न शीर्षकमा उतारेका छन् । यो परिणामले नेपालको राजनीतिमा पर्ने असरबारे पनि पत्रपत्रिकाहरुले केलाएका छन् ।

- Advertisement -

कान्तिपुरले ‘फेरि मोदीकै वर्चस्व’ शीर्षक दिएर भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत हासिल गरेको लेखेको छ । कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा केही सुधार गरे पनि हार अनपेक्षित भएको उसको विश्लेषण छ ।

भाजपा फेरि किन दोहोरियो ? यसका अनेक विश्लेषण भइरहेको छ । यसबारे पनि कान्तिपुरले चर्चा गरेकाे छ ।

- Advertisement -

राजनीतिक विश्लेषक तथा अध्येता आनन्द प्रदानलाई उद्धृत गर्दै कान्तिपुरले हिन्दुत्व, राष्ट्रवाद, राष्ट्रिय सुरक्षा, पाकिस्तान सरकारका कार्यक्रम र विपक्षीहरु सबैको कमजोरीले भाजपालाई थप सशक्त बनाएको लेखेकाे छ ।

यसका अतिरिक्त चुनावको मुखमा मोदी सरकारले किसानलाई वितरण गरेको अनुदान, विपन्न लक्षित खाना पकाउने ग्यास, घर शौचालय योजनाले पनि यस्तो नतिजा हासिल गर्नमा उत्तिकै भूमिका खेलेको कान्तिपुर समाचारमा उल्लेख छ ।

कान्तिपुर अगाडि लेख्छ–सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुलाई परिचालन दगर्ने सवालमा पनि भाजपा अन्य पार्टीभन्दा निकै अगाडि रह्यो । पार्टी र सरकारविरुद्ध सामाजिक सञ्जालमा कुनै पनि टिप्पणी देख्नासाथ त्यसविरुद्ध पार्टीपंक्ति खनिन पुग्थ्यो । प्रधानमन्त्री मोदीको सार्वजनिक छवि उँचो बनाउन मूलधारका छापा माध्यमदेखि टीभीमा बलिउडका कलाकारलगायत सेलिब्रेटीलाई अन्तर्वार्ता लिन लगाइएको थियो ।’ त्यस्ता अन्तर्वार्ता मोदी सरकारको पाँचवर्षे शासनभन्दा पनि जीवनशैलीमा केन्द्रित भएकाे र  त्यसको प्रभाव चुनावमा परेको कान्तिपुरको विश्लेषण छ ।

भारतको चुनावी परिणामले नेपालमा पर्ने असरबारे पनि कान्तिपुरले केलाएको छ । कान्तिपुरका अनुसार नेपाल र भारत सम्बन्धका जानकारहरुले एनडीएको भारी जितपछि बन्ने सरकारको नेपालमा भाजपा धारको दबाव कुनै न कुनै रुपमा पर्न सक्ने संकेत गरेका छन् ।

बालुवाटार जग्गा किनबेच प्रसंग पनि कान्तिपुरमा छ । कान्तिपुरका अनुसार त्रिताल प्रतिवेदनले भूमाफिया किटान गरेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ ।

अन्नपूर्णले पनि भाजपा जितलाई नै मुख्य समाचारका रुपमा समेटेको छ । अन्नपूर्णका अनुसार १४ राज्य र केन्द्र शासित प्रदेशमा क्लिन स्विप भएको छ ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना केही समयदेखि लफडामा फसेको छ । अन्नपूर्णले यसबारे पनि आज एक सामग्री छापेको छ । समाचार अनुसार आयोजनाको बाँकी कामका लागि ठेक्का लगाउने तयारी भएको छ । राज्यलाई थप २ अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन खोजिएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार