spot_img

९ महिला सहित १०२ जनाद्वारा रक्तदान

spot_img
spot_img

बीरगंज, ११ जेठ — युवा वचन संस्था बीरगंजको दोस्रो बार्षिकउत्सबको अवसरमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

युवा वचन सस्था बीरगंजका अध्यक्ष पीयूष कादमियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ९ जना महिला सहित १०२ जनाले रक्तदान गरेको रक्तसन्चार केन्द्र बीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

बिरगंजको आदर्शनगर चौकमा भएको कार्यक्रममा अशोककुमार यादब, फिरोज अन्सारी, सुनिता देबी अग्रवाल, पिंकि सिँह,सीता रौनियार, भोला साह, अबिनाश झा, अर्जुन सिँह, सन्दिप दारुका, मुकेश खेतान लगायतले रक्तदान गरेका छन् । 

कार्यक्रममा बिरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई, नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसिया, उद्योगि सुरेश रुङ्ग्टा, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निसान थापा, पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राज कुमार सिंह, राजन श्रीवास्तब लगायतको सभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय