spot_img

रहस्यमय दरबार हत्याकाण्ड

spot_img
spot_img

मिश्रा राजेश

नेपालीहरुको प्रिय थिए, तत्कालिन राजा विरेन्द्र । नेपालको राजनीतिक इतिहासै ठूलो हत्या काण्डका रुपमा परिचित तत्कालीन राजपरिवारको नरसंहार गरिएको आज १८ वर्ष पुगेको छ । राजा वीरेन्द्र शाहको परिवारका १० सदस्यको हत्या १९ जेठ २०५८ मा भएको थियो । जसलाई ’दरबार हत्याकाण्ड’ का नामले समेत चिनिन्छ ।

नेपालको आधुनिक इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो । तत्कालीन राजा विरेन्द्रको सम्पूर्ण परिवार सखाप हुनेगरि भएको उक्त हत्याकाण्ड भएको थियो । उक्त हत्या काण्डको प्रतिवदेन सार्वजनिक भएपनि नेपालीहरुको मनले त्योे हालसम्म पनि विश्वास गरेको देखिंदैन ।

हत्याकाण्ड भएको बेला जन्मिएका बालकहरु आजको दिनसम्म आइपुग्दा १८ बर्ष पुगीसकोका होलान् अर्थात् ती बालकहरु लगातार कक्षा पास गर्दै आएका हुन भने उनीहरुको अहिले १२ कक्षा चलिरहेको होला । ती बालकहरु हत्याकाण्डको बिषयमा नेपाली राजनितिको चरित्र, तत्कालीन प्रतिवेदन वा आफ्ना अभिभावक मध्ये कसको कुरालाई विश्वासिलो मान्ने हुन ? उक्त प्रतिवेदनले हत्याकाण्डको बिषयमा आमनागरिकलाई हालसम्म पनि विश्वस्त रुपले पत्याउन सकिने आधार पेश नभएको गुनासोहरु चर्चामा नै छन् ।

आफ्ना दाजुको परिवारको नरसंहार भएपछि नयाँ राजा बनेका ज्ञानेन्द्र शाहले उक्त हत्या काण्डको छानविबन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले) नेता माधवकुमार नेपाल रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए । नेता नेपालले भने पछि समितिमा नरहने भन्दै नाम फिर्ता लिएका थिए । काठमान्डौमा हत्याकाण्ड हुँदै गर्दा पूर्वराजा ज्ञानेन्द्र चितवन र पोखराको भ्रमणमा थिए । उक्त घटनालाई भले सरकारी तवरले जे सुकै प्रतिवेदन पेश गरिएपनि ज्ञानेन्द्रको उक्त भ्रमणलाई आमनागरिकहरु शंकाको दृष्टिकोणले हेरेका थिए । ज्ञानेन्द्रका सुपुत्र पारसको जीवन शैली र उनको बानी व्योहोरालाई लिएर आमनागरिक हाल सम्म पनि शंशकित नै छन् ।

एक हप्तापछि समितिले राजालाई प्रतिवेदन पेस गरेको थियो, जसले बजारमा चलेका विभिन्न हल्ला तथा अडकलबाजीलाई थप बल र्पुयाउने काम गर्याे । देव्यानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले आफूहरुको बिहेलाई राजपरिवारले स्वीकार नगरेकाले यस्तो हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा भनिएको छ । उक्त घटनाका बिषयमा हालसम्म अन्योलमा रहेका नेपाली नागरिकलाई सत्यतथ्य बताउने आँट सरकारले गर्नुपर्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय