spot_img

सखुवा प्रसौनी गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न, ४६ करोडभन्दा बढीको बजेट सार्वजनिक

spot_img
spot_img

बीरगन्ज,०३ असार । सखुवा प्रसौनी गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष जस्वन्त यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो।

गाउँपालिकाको कार्यालय परिसरमा आयोजित सभामा उपाध्यक्ष शर्मिला विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष यादवले आगामी वर्षदेखि सामुदायिक विद्यालयका प्रारम्भिक तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने तथा प्राविधिक शिक्षालाई थप प्रभावकारी बनाइने बताउनुभयो। साथै बेरोजगार युवा–युवतीलाई लक्षित गरी सीपमूलक तथा स्वरोजगार कार्यक्रम विस्तार गरिने उहाँको भनाइ छ।

यसैबीच, गाउँपालिकाका लेखा प्रमुख सुमन शाहले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४६ करोड ३७ लाख ८२ हजार ५ सय २० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो।

बजेटअनुसार सशर्त अनुदानबाट २१ करोड १६ लाख, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ६४ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट ११ करोड १३ लाख २० हजार ५ सय २०, समपूरक अनुदानबाट १ करोड ४५ लाख, आन्तरिक स्रोतबाट ५३ लाख तथा विशेष अनुदानबाट ४६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रशासन शाखा प्रमुख अरविन्द ठाकुरले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख विनोदप्रसाद यादवले गर्नुभएको थियो।

गाउँपालिकाले आगामी वर्ष समग्र विकासलाई केन्द्रमा राख्दै समृद्ध स्थानीय शासनको लक्ष्यसहित योजना कार्यान्वयन गर्ने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय