‘मेरो माघ २९’

0
170

 

विवेक वर्णवाल

माघ २९, २०७५ !! उनलाई रेडियोमा न्युज पढ्ने धेरै रहर थियो।
उनले मलाई भनेकी थिइन्, “तिम्रो कति धेरै चिनजान छ, मलाई कतै कुनै रेडियोमा न्युज रिडरको काम खोजिदेउन।”
मैले पनि उनको कुरा सजिलै कहाँ बिर्सिन सक्छु र। मैले एउटा एफएममा कुरा गरेँ। अनि उनलाई न्युज रेडिङ्गको लागि इन्टरभ्युमा बोलाइयो। उनी मसँग जान भनिन्। मैले शुरुमा अलि नाइनास्ती गर्दा पनि उनको अगाडि मेरो कहाँ चल्थ्यो र ! मैले जान सहमति जनाएँ।
उनलाई साँझको ५:२० मा बोलाइएको थियो। एफएम टाढा पर्छ हाम्रो टोलबाट। त्यसैले मैले उनलाई ५ बजेसम्म तयार हुन भने। उनले सहमति जनाइन्। उनले उनको घर नजिकै रहेको एउटा स्कूल निर भेट्न भनिन् अनि हामीले त्यहाँबाट जाने प्लान बनायौँ । ५ बज्नमा १० मिनेट बाँकी थियो अनि म मुख पखालेर, लुगा लगाए र कपाल कोर्न थालेँ। यतिकैमा उनले कॉल गरिन्।
“हेलो ! ”
“हेलो, कहाँ छौ ?”
“घरमा । निस्किँदै छु।”
“म आइसकेँ। छिटो आऊ।”
“ल ल ! आएँ।”
म घर बाट निस्केँ। त्यति बेला ४।५८ भइरहेको थियो घडीमा। उनी निर पुग्दा ५।०३ भयो।
“ढिलो भयौ।”
“छैन, यी ५:०३ | ” मैले मोबाइलको घडी देखाउँदै भनेँ।
“तीन मिनेट ढिलो। ५ बजे आउन भनेको थियौ तरु”
“तीन मिनेट मात्र हो। केही छैन। जाऔँ हामी।”
“के तीन मिनेट मात्ररु म यहाँ उभिएर वेट गरिराछु ! ”

उनले हल्का जिस्किन वाला रिसाएको जस्तो बोलिन्। उनले त्यसो गर्दा मलाई खै किन हो तर राम्रो लाग्यो।
बाटोमा यस्तै केही केही साना – ठूला कुराहरू हुँदै गयो। उनलाई कतिको डर लागिरहेको छ। उनी कति उत्साहित छिन्। आदि, इत्यादि कुराहरू भइरहेको थियो। मैले उनलाई डराउनु पर्दैन भनी हौसला दिँदै थिएँ। मैले उनलाई ई-रिक्साले जाऔँ भन्दा उनले हिँड्दै जान भनिन्। मैले टाढा छ भन्दा पनि उनले कुरा गर्दै जाऔँ न रमाइलो हुन्छ भनिन अनि हामी हिँड्दै पुग्यौँ एफएममा।

एफएम पुगेपछि उनी अलि आतिएकी थिइन्। उनको ट्रायल शुरू भयो। उनी चाहन्थिन् म उनी नेर बसुँ किनभने सब मान्छेहरू उता नयाँ थिए अनि म मात्र एउटा चिनेको। म भएँ भने उनलाई थप हौसला मिल्छ होला। मैले उनलाई बेस्ट अफ लक भने अनि स्टुडियोबाट बाहिर निस्केँ।

पहिले उनको आवाजलाई जाँच गरियो। सुन्ने जति सब फ्यान भइसकेका थिए पहिलो पटक मै। उनलाई थुप्रै न्युजहरु पढ्न लगाइयो। उनले ढुक्क भएर पढिन्। उनलाई ६ बजेको समाचारमा कसरी पढिन्छ भनेर देख्न लगाइयो। ६ बजेको समाचार पढेको देखेपछि उनलाई ७ बजेको समाचार अन एयर पढ्न भनियो। उनी पढ्न मानिन्। ७ बजे वाला समाचारको सुन्दर पलहरुलाई मैले आफ्नो मोबाइलको क्यामेरामा कैद गरे भिडियो र फोटोको रूपमा।

करिब ७:१० तिर न्युज सक्यो। उनलाई चेयरम्यान सरले केही सोधपुछको लागि बोलाउनु भयो। म पनि गएँ र साथै त्यहाँका अन्य दुई न्युज रिडर जस मध्ये एक मेरो साथी र दाई दुबै हुन्। चेयरम्यान सरलाई यति मात्रको पीर थियो कि यहाँ सिकेर अन्तै कतै वा छोडेर जान पाइँदैन। बाँकी कुराको जिम्मा उनले ती दुई न्युज रिडर माथि छोडेका थिए।
साँच्चै ९मेरी० उनीले पहिलो पल्टमै सबको मन जित्न सफल भइन् अनि एफएममा काम पाइन्। ढिलो भइसकेको थियो। रातीको साढे सात भइसकेको थियो। हामी एफएमबाट निस्क्यौँ। उनको घरबाट पहिले नै एकचोटि कॉल आइसकेको थियो ढिलो भएको हुनाले। एफएम बाट हामी तीन जनास् उनी, म र मेरो साथी सँगै निस्क्यौँ। घण्टाघर सम्म त मैले उनीसँग एकदम थोरै कुरा गरेँ। म आफ्नो साथीसँग कुरामा व्यस्त थिएँ। घण्टाघरमा आएर मेरो साथी छुट्टिनु भयो अनि म र उनीसँगै घरतर्फ लाग्यौँ। हामीलाई फेरि केही समय नै सही एकलमा बिताउने मौका पायो।

“थ्याङ्क्यु विवेक। यो सब तिम्रो कारण भयो।”
मैले मुस्कुराएर उनको थ्याङ्क्युको जवाफ दिएँ। उनी एकदम खुशी थिइन्। अनि उनलाई खुशी देखेर मलाई धेरै खुशी भइरहेको थियो। मलाई उनको खुशीमा नाच्न मन लागिरहेको थियो जबकि मलाई नाच्न मन पर्दैन। उनीभन्दा म ज्यादै खुशी थिएँ किनकि उनी खुशी थिइन् अनि मेन कुरा उनको खुशीको कारण म थिएँ।

हामी फेरि कुरा गर्दागर्दै अगाडि बढ्दै रहयौँ। मैले रिक्सा चढ्न भने किनभने धेरै ढिलो भइसकेको थियो, पौने आठ बज्न लागेको थियो। उनी मानिनन्। हिँडेर, कुरा गर्दै जाऔँ उनले भनिन्। म फेरि हारेँ। अनि हामी हिँड्दै आफ्नो बाटो तिर लाग्यौँ।

उनीसँग कुरा गर्न ज्यादै रमाइलो थियो। साँचो कुरा के हो भने म उनीसँग दुईचार साथीभाइ माझ राम्ररी बोल्नै सक्दिनँ। बरु एक्लैमा मजाले बोल्न सक्छु।
राति परिसकेको थियो। करिब पौने आठ बज्न लागेको थियो। कुरा गर्दागर्दै हामी आफ्नो टोल छिर्यौँ। केही भित्र पसिसके पछि उनले भनिन् ढिलो भयो। छिटो जाऔँ।
“मैले भनिरहेको थिएँ रिक्सामा आउन। तिमी मनेनौँ। घर पुग्न ढिलो भयो भनेको होइनौँ।”
“हो। तर पनि।”
“अनि तिम्रो मम्मीले के भन्नु हुन्छ कि यति रातिसम्म पनि हिँडाएर ल्यायो।”
“मैले तिम्रो पैसा किन खर्च गराउनुरु”
“पैसा रे१ अनि आन्टीले‘।” उनले मलाई रोकिन्। मैले भन्न खोजेको कुरा सायद बुझिन्।
“तिमी मेरो मम्मीलाई एकदम राम्रो मान्छे लाग्छौ। खै, किनरु”
म मुस्कुराएँ।
उनले फेरि हड्बडाएर भनिन् !
“मान्छे त तिमी राम्रै छौ। खै, कहिलेकाँही के भइहाल्छ तिमीलाई।”
मेरो अनुहारको मुस्कान अझै ठूलो भयो। मैले भने “है ! कहिलेकाँही। मलाई आफै थाहा हुँदैन।”
राति हुँदै थियो। लाइन पनि कटेको थियो। अँध्यारो एकदम थियो।

त्यो स्कूल जहाँ हामी भेटेर निस्केका थियौँ त्यो स्कूलको अलि पर एउटा चोक छ जहाँ बाट उनको घरको र मेरो घरको बाटो फरक हुन्छ। हामी त्यो चोक सम्म पुग्यौँ। उनले मलाई जान भनिन् तर म उनलाई घरसम्म छोड्न चाहन्थेँ। मैले उनको नाइनास्ती यसपाली सुनेनँ अनि उनीसँग उनको घर तर्फ लागेँ। बाटो एकदम अँध्यारो थियो। उनलाई अँध्यारोमा गाह्रो नहोस् भनेर मैले आफ्नो मोबाइलको फ्लाशलाइट अन गरेँ तर उनले अफ गर्न भनिन्। उनले अँध्यारोको मज्जा लिन भनिन्। मैले नि उनको यो कुरामा सहमति जनाउँदै फ्ल्याश अफ गरेँ। बाटो अँध्यारो भएँ पनि मन एकदम उज्यालो थियो। ती पलहरु एकदम रोमान्टिक थिए तर फरक यति मात्र हामी प्रेमीप्रेमिका थिएनौँ। सायद उनी मलाई त्यस अन्धेरिमा प्रेमका केही पलहरु महसुस गराउन चाहन्थिन्। तर म बुझ्न सकिनँ त्यति बेला सायद।

मलाई त्यो बाटो कहिले खतम नहोस् जस्तो लागिरहेको थियो। सायद उनलाई पनि त्यही लागिरहेको थियो। तर आखिरमा उनको घर आयो अनि मैले नचाहेर पनि उनलाई ‘बाइ’ भनेँ, भन्नुपर्यो। अनि म आफ्नो घरको बाटो लागेँ। हामी अलिकति भएपनि नजिकिएका छौँ जस्तो लाग्यो मलाई। उनमा पनि मेरो लागि केही भावना छन् जस्तो आभास भयो।

………